मोरङ –
मोरङको लेटाङमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकमा जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल राति १०ः३५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली र पछाडि सवार २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि घाइते तीनै जनालाई उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल विराटनगर पुर्याइएको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










