२०८३ आश्विन १७ गते, शनिबार २०:२९

पुरानै तरिकाले देश अघि बढाएर हुँदैन, संकट सामना गर्न कम्युनिस्ट एकता र सहकार्य अपरिहार्य: प्रचण्ड

काभ्रे —

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अवस्था बदलिएको भन्दै पुरानै ढर्रा र तरिकाबाट अघि बढेर नहुने बताएका छन्। शनिबार काभ्रेमा आयोजित एकता बैठकलाई सम्बोधन गर्दै उनले गत वर्ष भएको जेनजी आन्दोलनपछि देश सहज अवस्थामा अघि नबढेको टिप्पणी गरेका छन्।

अहिलेको परिस्थितिमा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेको उनको भनाइ छ। बैठकमा बोल्दै संयोजक प्रचण्डले भने, “गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन। अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन्। यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ।”

वर्तमान चुनौतीको सामना गर्नका लागि कम्युनिस्ट शक्तिहरूबीच एकता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उनले औँल्याए। बदलिएको परिस्थितिमा पुराना तौरतरिका त्याग्दै सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता र संविधान तथा गणतन्त्र पक्षधर शक्तिहरूसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

विगतमा गरिएका कामहरूको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताउँदै प्रचण्डले ‘गणतन्त्र आएपछि केही पनि भएन’ भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने तर्क गरे। सामन्ती राजतन्त्रबाट देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्न आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै उनले संविधान निर्माण र तीनै तहका निर्वाचनमार्फत संघीय संरचनाको आधार तयार भएको बताए। साथै, आफू नेतृत्वको सरकारले गरेका कामहरूलाई जनताले तथ्यका आधारमा हेर्नुपर्ने उनको आग्रह थियो।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस