२०८३ कार्तिक १६ गते, आईतवार ११:४४

पहिलो जितको प्रतीक्षामा रहेको पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँग भिड्दै

वीरगन्ज-

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार एक मात्र खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यसहित मैदान उत्रन लागेका दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण हुनेछ। पहिलो खेलमा पराजय भोगेको पोखरा जितको खोजीमा रहँदा जनकपुर भने दोस्रो जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार्ने दाउमा छ।

जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो। तर दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै टोलीले जितको खाता खोलेको थियो। त्यसैले आजको खेल जित्दै जनकपुर आफ्नो लय कायम राख्न चाहन्छ।

यता पोखरा एभेन्जर्सले पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। पहिलो जितको प्रतीक्षामा रहेको पोखराका लागि जनकपुरविरुद्धको खेल अंकतालिकामा सुधार गर्ने अवसरसमेत हुनेछ।

हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा रहेको छ भने पोखरा पुछारमा छ। यस्तो अवस्थामा आजको प्रतिस्पर्धाले दुवै टोलीको आगामी यात्रा र अंकतालिकाको समीकरणमा प्रभाव पार्नेछ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस