२०८३ कार्तिक १६ गते, आईतवार ११:४४

सुरुङ खनेर डोल्पा कारागारबाट फरार ८ कैदीको तस्बिर सार्वजनिक, सूचना दिन प्रहरीको आग्रह

सुर्खेत –

सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीको खोजी तीव्र पार्दै प्रहरीले उनीहरूको तस्बिर र व्यक्तिगत विवरण सार्वजनिक गरेको छ। फरार कैदीबन्दीलाई देखेमा वा उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले शनिबार बिहान कारागारबाट सुरुङ खनेर फरार भएका आठै जनाको नाम, तस्बिर र विवरण सार्वजनिक गरेको हो।

घटनालगत्तै फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सर्वसाधारणको सहयोगसमेत मागेको छ। उनीहरूलाई कुनै स्थानमा देखेमा वा आवतजावत तथा लुकेर बसेको अवस्थाबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई तत्काल सूचना दिन प्रहरीले अनुरोध गरेको छ।

कारागारभित्रै सुरुङ खनेर आठ जना कैदीबन्दी फरार हुन सफल भएपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। फरार कैदीबन्दीको खोजी र पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस