काठमाडौं- 

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी सार्वजनिक गरेको छ।

टोलीका‌ मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे ।

दीपेन्द्रले आफू र मालिक पनि सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए ।

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाईमा‌ पुरयाउने प्रयासका क्रममा एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ ९क्यान० लाई धन्यवाद दिए । उनले अन्य खेलले एनपिएलको मोडललाई अनुसरण गर्न सुझाव दिए।

क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए ।

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू‌ क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए । उनले टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट प्रयास गर्ने बताए।

अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगित संयोजन रहेको सुदूरपश्चिम रोयल्सको एन्थम संग सार्वजनिक गरिएको थियो।दशरथ सुनारले निर्देशक गरेको भिडियो प्रस्तुत गरिएको थियो।

टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राखे। सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमी रहेको बताए। सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्