बीरगन्ज –
शौचालयमा लडेर महोत्तरीकी एक नाबालिकाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा-५ सिॅंचाईटोलमा शौचालयमा लडेर एक जना नाबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महोत्तरी एकडाँडा गाउँपालिका वडा नम्बर ५ अजमरपटी घर भई सिँचाईटोल डेरा गरी बस्ने ५ वर्षकी सिरिशा कुमारी मण्डल रहेकी छन् ।

गएराती शौच गर्न जाने क्रममा उनी लडेर गम्भिर घाइते भएकी थिईन् । शौचालयमा लडेर उनको टाउकोको भित्री भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
मृतकको शब सोही अस्पतालमा रहेको तथा घटनाबारे आश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनायो ।