२०८२ असार १७ गते, मंगलवार २०:२१

बीरगन्ज –

नेपाल रेडक्रस सोसाइटी पर्साले ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सेवा सन्चालनमा ल्याएको छ । आफ्नो ६१ औॅं स्थापना दिवसको अवसरमा एक कार्यक्रमकाबिच रेडक्रस पर्साले यो सेवा सन्चालनमा ल्याएको हो ।

सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्तसञ्चार सेवालाई थप व्यवस्थित, अत्याधुनिक, जवाफदेही, पारदर्शी तथा डिजिटल बनाउन सफ्टवेयर र मोबाईल एप सूचारु गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्दै रेडक्रस पर्साका अध्यक्ष बिरेन्द्र राज कंडेलले सफ्टवेयर र मोबाईल एपले रक्तसञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बीरगन्जमा रगतको सहज आपूर्तीका लागि विभिन्न संघसंस्थाहरुले खेलेको भुमिकालाइ सम्मान व्यक्त गरे ।

उनले आगामी दिनमा रेडक्रसको सेवालाई परिमार्जन र परिष्कृत गर्दै ब्लड बैंकसंग सम्बन्धित सम्पुर्ण काम सक्रियताका साथ गर्ने प्रतिवद्धता जनाए । पैसाको अभावमा कोहि कसैले पनि रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै अध्यक्ष कंडेलले रक्तदान सम्बन्धी अभियानमा जोडिन सबैमा आग्रह गरे ।

रक्तसञ्चार सफ्टवेयरबाट सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद,जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ सिस्टम, बिल प्रिन्टीङ, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिपोर्ट, डोनर कार्डको सुविधा छ ।

यसैगरी डोनर सर्टिफिकेट तथा नगद भौचर ईमेलमार्फत पठाउन मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गर्न मिल्ने,रगत एक्सपाइरी सिस्टम, अनलाईन एक्सेस, निरीक्षण र नियन्त्रण हुने सुविधा छ । भने मोवाइल एप मार्फत रक्तदाताहरुले आफनो मोवाइलमा ब्यक्तिगत बिवरण हेर्न, डोनर कार्ड र सम्बन्धित पालिका अन्तर्गत रहेका रक्तदाताहरुको नाम, सम्पर्क नम्बर उपलब्ध गराइने रक्तसंचार केन्द्र बीरगन्ज प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार यसभन्दा अघि गरिएका रक्तदानको बिवरण समेत सफ्टवेयरमा क्रमिक रुपमा अपडेट गरिनेछ । रेडक्रस पर्सामा सुरु गरिएको यो सेवा नेपालमै दोस्रो हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस