२०८२ असार १७ गते, मंगलवार १०:५८

काठमाडौं –

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताउनु भयो । सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बतउनु भयो ।

गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताउनु भयो । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताउनु भयो । उहाँले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो ।

नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले नेपाली काँग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको बताउनु भयो । उहाँले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताउनु भयो । मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवद्र्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताउनु भयो ।

सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदुतसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस