२०८३ असार २० गते, शनिबार २०:४७

जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ ।

शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताउनु भयो । उहाँले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताउनु भयो । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताउनु भयो । उहाँले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरु गर्नेकुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताउनु भयो । उहाँले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउनु भयो । उहाँले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस