२०८२ असार १७ गते, मंगलवार १६:२६

वीरगन्ज-

मधेश प्रदेशमा होली पर्वको अवसरमा नियमविपरीत सवारी साधन चलाउने र शान्ति सुरक्षा खल्बलाउने गतिविधि गर्ने ३१७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार होलीको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन (मापसे) गर्ने, झैझगडा गर्ने र होहल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने व्यक्ति र सवारी साधनलाई प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ३१० वटा दुई पाङ्ग्रे र ७ वटा चार पाङ्ग्रे रहेका छन्। प्रहरीले ५७ जनालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनलाई उनीहरुको गल्ती अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने र छाडिने छ।

होलीको क्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा ९९ जना घाइते भएका छन् भने ३५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

जिल्लागत विवरण:

  • सप्तरी: ७ वटा दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ४ जना घाइते, ७ वटा दुर्घटना
  • सिरहा: ८० वटा दुई पाङ्ग्रे र २ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ७ जना घाइते, २ वटा दुर्घटना
  • धनुषा: २ वटा दुई पाङ्ग्रे र १ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, २ जना घाइते, ४३ वटा दुर्घटना
  • महोत्तरी: ४९ वटा दुई पाङ्ग्रे र २ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ९ जना घाइते, १९ वटा दुर्घटना
  • सर्लाही: १०२ वटा दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, २४ जना घाइते, १४ वटा दुर्घटना
  • रौतहट: ५ वटा दुई पाङ्ग्रे र १ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ६ जना घाइते, ८ वटा दुर्घटना
  • बारा: ६२ वटा दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ४ जना घाइते, १ वटा दुर्घटना
  • पर्सा: ३ वटा दुई पाङ्ग्रे र १ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा, ११ जना घाइते, ५ वटा दुर्घटना

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले १८:०० बजेसम्मको जिल्लाहरुको वस्तुस्थिति शान्तिपूर्ण रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस