२०८३ बैशाख २ गते, बुधबार ०५:४३

तिनकुनेमा राजावादी प्रदर्शन अराजक : सशस्त्र प्रहरी महिला घाइते, अश्रुग्यास र हवाई फायर

काठमाडौं–

राजसंस्था पुनस्थापनाको माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहको आन्दोलन अराजक बनेको छ। प्रदर्शनका क्रममा भएको झडपमा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन्। घाइते प्रहरीको टाउको फुटेको र उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो। यसअघि प्रदर्शनकारी समूहले स्थानीय क्षेत्रमा घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। तिनकुने क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। स्थिति थप जटिल बन्दै गएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको बताइएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न बल प्रयोग गरेको र केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ। तिनकुने क्षेत्र अहिले पूर्ण रूपमा तनावग्रस्त छ, र स्थानीय बासिन्दाहरूले सुरक्षाको माग गरेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस