२०८३ बैशाख २ गते, बुधबार १०:३९

राप्रपाको राजतन्त्र माग प्रदर्शन : निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ। यसैबीच, गृह मन्त्रालयले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा संविधान र कानूनविपरीतका गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। राप्रपाले कानूनले तोकेका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक गरेका समाचार र अभिव्यक्तिप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राप्रपाले आजदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यसअघि चैत २६ गते बल्खु र चैत १५ गते तिनकुनेमा राजवादीहरूले प्रदर्शन गरेका थिए। तिनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो।

गृह मन्त्रालयले शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। राप्रपाको प्रदर्शन र यसले निम्त्याउन सक्ने परिस्थितिलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस