२०८३ बैशाख २ गते, बुधबार १०:४४

राप्रपाको प्रदर्शनलाई लिएर काठमाडौँमा कडा सुरक्षा, निषेधित क्षेत्र तोड्न खोजे बल प्रयोगको चेतावनी

काठमाडौँ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग राख्दै आयोजना गरेको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन नयाँ बानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालयलगायतका क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी उल्लेख्य रूपमा बढाइएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक तामाङले राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति तयार पारिएको बताए। उनले आवश्यक संख्यामा सुरक्षाकर्मी विभिन्न स्थानमा परिचालन गरिएको जानकारी दिए।

एआईजी तामाङले भने, “प्रदर्शनलाई शान्तिपूर्ण बनाउने हाम्रो प्रयास रहन्छ। त्यसका लागि ठाउँ-ठाउँमा सुरक्षाकर्मी खटाइएका छन्। तर, कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिइने छैन। यदि त्यस्तो प्रयास भए बल प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ।”

गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा संविधान र कानूनविपरीतका गतिविधि सह्य नहुने चेतावनी दिएको थियो। राप्रपाले आजदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यसअघि चैत १५ मा तिनकुने र चैत २६ मा बल्खुमा भएका प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पक्राउ गरेको थियो।

प्रहरीले शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। राप्रपाको प्रदर्शनका कारण काठमाडौँको सुरक्षा व्यवस्था थप संवेदनशील बनेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस