२०८२ असार १७ गते, मंगलवार १६:४५

काठमाडौं –

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरू बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र श(1) शाही, र दीपक सिंहलाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लगेको छ ।

सिंहदरबारस्थित राप्रपाको संसदीय दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जाँदै गर्दा विरोध प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । राप्रपाका नेताहरूले यसअघि नै सामूहिक गिरफ्तारी दिने घोषणा गरेका थिए ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफूहरूलाई बन्धक बनाइएको दाबी गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको घटनाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस