२०८२ असार १७ गते, मंगलवार १०:४४

धनुषा-

श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ ।

आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताउनु भयो । उहाँले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताउनु भयो । विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गर्नुभयो ।

महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने बताउनु भयो । राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने परम्परा भएकाले जानकी जन्मोत्सवमा बिदा दिनु न्यायोचित हुने उहाँको भनाइ छ । उहाँले जानकी जन्मोत्सवले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काएको बताउनु भयो ।

महन्त वैष्णवले जनकपुरधाम जनकपुत्री सीता मिथिलाको सभ्यता मात्रै नभइ विश्वभरका सम्पूर्ण हिन्दु सभ्यताको केन्द्रिय श्रद्धास्थल भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस