२०८३ बैशाख २ गते, बुधबार ०२:०६

झापामा नाइट बस दुर्घटना, १६ शिक्षक घाइते

झापा –

काठमाडौंबाट झापा आउँदै गरेको यात्रुबाहक रात्रिबस शनिबार बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। प्रदेश १–०१–००१ ख ४२ नम्बरको बस अनियन्त्रित भई सडकबाट पल्टिँदा १६ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार घाइतेहरूको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइते शिक्षक लीलाप्रसाद भण्डारीले बताए। घाइतेमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ।

“म ड्राइभरको सिट पछाडि नै थिएँ,” भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाडी सडकबाट पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ।”

प्रहरी उपरीक्षक केसीका अनुसार बसका चालक महेन्द्र कन्दङ्वालाई नियन्त्रणमा लिइएको छ। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

घटनाले शिक्षक समुदायमा ठूलो चिन्ता पैदा गरेको छ। स्थानीयवासी र प्रहरीको तत्परताले घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याउन सहयोग पुगेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस