२०८२ असार १७ गते, मंगलवार १६:२७

काठमाडौँ-

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताउनु भयो । उहाँले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताउनु भयो ।

उहाँले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताउनु भयो । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उहाँको भनाइ छ । अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पतीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस