२०८३ बैशाख १ गते, मंगलवार २३:३५

सिन्धु नदीको पानी रोके रगत बग्ने बिलावल भुट्टोको चेतावनी

काठमाडौं –

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन्।

एउटा राजनीतिक र्‍यालीमा बोल्दै पाकिस्तानको प्रमुख राजनीतिक दलका नेता भुट्टोले भने, “सिन्धु हाम्रो हो र सधैं रहनेछ। या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत।”

भारतले पहलगाम आतंकी हमलापछि पाकिस्तानविरुद्ध चालेका ५ कदममध्ये सिन्धु नदी सम्झौता भंग गर्ने पनि एक हो। सिन्धु नदीको पानी उपभोगसम्बन्धी दुई पक्षीय सन्धि भारतले भंग गर्दै पाकिस्तानलाई पानी नदिने घोषणा गरेपछि भुट्टोको यस्तो अभिव्यक्ति आएको हो।

भुट्टोले नरेन्द्र मोदीले आफ्ना नागरिकलाई बेबकुफ बनाउन पहलगाम हमलाको दोष पाकिस्तानीमाथि थोपरेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाए।

उनले भारतले सिन्धु नदी पाकिस्तानको हो भनेर स्वीकार गरिसकेकाले अब सिन्धुमाथि कि त पानी बग्ने कि भारतको रगत बग्ने चेतावनी दिए। उनले सिन्धुमाथिको डाकाडाली मन्जुर नहुने बताए।

बिलावल भुट्टो लामो समय पाकिस्तानको शासन गरेका आसिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा हुन्। जर्दारी अहिले पनि पाकिस्तानको राष्ट्रपति छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस