२०८२ श्रावण ३० गते, शुक्रबार १३:००

काठमाडौँ –

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद्हरूले वर्षा र चट्याङबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको जानकारी लिई सुरक्षित रहन सुझाव दिइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस