काठमाडौँ –
पश्चिमी अष्ट्रेलियाको गहिरो समुन्द्री घाटीमा कार्नार्भन फ्ल्यापज्याक अक्टोपस भनेर चिनिने फ्ल्यापज्याक अक्टोपसको नयाँ प्रजाति पत्ता फेदला परेको छ । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठनको प्रेस विज्ञप्तिअनुसार पश्चिमी अष्ट्रेलियाको एक शहर कार्नार्भन, २०२२ को गहिरो समुन्द्री अभियानको क्रममा एक अनुसन्धान जहाजमा पत्ता लागेको नयाँ प्रजाति ओपिस्टोटेउथिस कार्नार्भोनेन्सिस नाम दिइएको यो नयाँ प्रजाति हो ।
यो खोज त्यो अभियानबाट पहिचान गरिएको १० औं नयाँ प्रजाति हो । यो पेन्टेड हर्नशार्क र समानान्तर–स्पाइन स्कर्पियनफिस सहित नयाँ नामकरण गरिएका जीवहरूको विस्तारित सूचीमा सामेल हुनेकुरा विज्ञप्तिमा भनिएको छ । ठूला आँखा र जीवन्त रगत–रातो टेन्टाकलहरू भएको यो जिलेटिनस अक्टोपस केवल ४ सेन्टिमिटर चौडा छ । डम्बो अक्टोपस एक दुर्लभ र असामान्य प्रजाति हो । जुन समुन्द्री भुइँमा बस्छ । तिनीहरू प्रजनन गर्छन् र बिस्तारै बढ्छन् । धेरै नरम र जिलेटिनस हुन्छन् ।