काठमाडौं–
नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएकका छन् ।
बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो । मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् ।

त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताउनु भयो । विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताउनु भयो । यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताउनु भयो । यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताउनु भयो । मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि बताउनु भयो । सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताउनु भयो । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताउनु भयो ।
उहाँले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गर्नुभयो ।