२०८३ असार १० गते, बुधबार ०९:४८

महोत्तरीका प्रहरी निरीक्षकसहित तीन जना जिम्मेवारीबाट हटाइयो, अनुसन्धान शुरू

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आरोपमा हटाइयो: गौशाला प्रहरी प्रमुख उत्तम सिंह भण्डारीसहित तीन जना व्यापारीबाट रकम माग्ने र आर्थिक लाभ लिएको आरोपमा जिम्मेवारीबाट हटाइए।
  • घुमुवाको दुरुपयोग: भण्डारीले प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रूपमा प्रयोग गरी अनैतिक कार्य गरेको पाइयो।
  • जनकपुरमा अनुसन्धान: तीनै जनालाई अनुसन्धानका लागि जनकपुर गणमा राखिएको छ, सादा पोसाकका प्रहरीले संरक्षण गरेको खुलासा।

पर्सा-

मधेश प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई विभिन्न आरोपमा जिम्मेवारीबाट हटाएर अनुसन्धान शुरू गरेको छ। आरोपहरूमा व्यापारीबाट जबरजस्ती मासिक रकम माग्ने, चेक अनादर मुद्दामा आर्थिक लाभ लिने, र विचौलियामार्फत आर्थिक संकलन गरेको समावेश छ।

प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई भण्डारीले घुमुवाको रूपमा परिचालन गरी अनैतिक कार्य गरेको अनुसन्धानमा देखिएको छ। यी जवानहरू लामो समयदेखि गौशालामा कार्यरत थिए र जिल्ला प्रहरी कार्यालयका सादा पोसाकका प्रहरीबाट संरक्षण पाएका थिए। पाँच वर्षभन्दा बढी समयदेखि कार्यरत सादा पोसाकका प्रहरीको सरुवा भए पनि उनीहरू अन्यत्र जान मानेका छैनन्।

तीनै जनालाई अनुसन्धानका लागि मधेश प्रदेश प्रहरीको जनकपुरस्थित गणमा राखिएको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस