२०८२ असार २८ गते, शनिबार ०१:५५

काठमाडौं-
साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २५.८९ अंकले बढेर २७३१ मा कायम भएको छ।

कारोबार रकममा पनि वृद्धि भएको छ। हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको कारोबार भएको छ। कुल १६१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी विकास बैंक र सीईडीबी होल्डिङ्सले सबैभन्दा धेरै कमाए। माइखोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

सेक्टरगत रूपमा बैंकिङ इन्डेक्स ३.०२ प्रतिशतले सबैभन्दा धेरै उकालो लाग्यो। विकास बैंक १.१२, फाइनान्स 0.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा 0.१९, उत्पादन तथा प्रशोधन 0.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा 0.२७ र अन्य समूह 0.१७ प्रतिशतले बढे। यता, व्यापार समूह 0.५३ र हाइड्रोपावर 0.२२ प्रतिशतले घटे।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस