२०८२ असार २८ गते, शनिबार ०२:५९

काठमाडौं-
काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार पक्राउ पर्नेमा टेकस्पायर कलेजका प्राध्यापक विजय बाबु रेग्मी र विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन्।

असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवन परिसरमा ड्रोन खसेको अवस्थामा फेला परेको थियो। निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि यो विषय संसद्‌मा समेत उठेको थियो। प्रहरी अनुसन्धानबाट टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माणको टास्क दिएको र परीक्षणका क्रममा असार २३ मा राति सिग्नल गुम्दा ड्रोन संसद् भवनमा खसेको खुलेको छ।

पक्राउ परेका विद्यार्थीहरूले प्रहरीलाई दिएको बयानमा ड्रोन परीक्षणका क्रममा सिग्नल गुमेको बताएका छन्। प्रहरीले घटनामा संलग्नहरूलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस