२०८३ असार १० गते, बुधबार २१:४९

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी

काठमाडौँ-

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरुको समाधान केही हदसम्म गरेको बताउनु भयो । उहाँले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताउनु भयो । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयमा सधैँ लाग्दै आएको वन विकास विरोधी, वनले खेप्दै आएका विभिन्नखाले आरोपहरुबाट हामीले धेरै हदसम्म समस्या समाधान गरेका छौँ । पुराना ऐनहरु छन् । त्यसलाई सुधार गर्दै समय सापेक्ष ऐन, नियमहरु ल्याइरहेका छौँ । विकासलाई सहजीकरण गर्दै हामी अघि बढिरहेका छौँ । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएका छौँ ।’

मन्त्री ठुकरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताउनु भयो । विद्युतको सम्भावनालाई मूर्त रुप दिनसक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस