२०८३ आश्विन १८ गते, आईतवार ०८:००

मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा एसईई २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष घोषित

वीरगन्ज-

पर्साको ठोरी गाउँपालिका–४ मा रहेको माध्यमिक विद्यालय विजयवस्तीका प्रधानाध्यापक नारायण लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष घोषित भएका छन्।

मंगलबार वीरगन्जको टाउन हलमा जिल्ला शिक्षा समितिद्वारा आयोजित “जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी विमर्श कार्यक्रम” मा प्रधानाध्यापक लामालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो। गत चैतमा सम्पन्न एसईई २०८१ को परीक्षा सञ्चालनमा पर्सा जिल्लाभित्र उत्कृष्ट केन्द्र व्यवस्थापन गरेको मूल्यांकनका आधारमा उनलाई जिल्लाकै सर्वोत्कृष्ट केन्द्राध्यक्ष घोषणा गरिएको छ।

विशेष समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनार, शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख हरि राउत र नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले संयुक्त रूपमा लामालाई दोसल्ला ओढाएर, प्रमाणपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका थिए।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस