२०८३ असार १० गते, बुधबार ०९:१४

जनकपुरमा खुकुरी प्रहारः १५ वर्षीया बालिकाको मृत्यु, आमा र भतिजी गम्भीर घाइते

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • जनकपुर–४ मा ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गर्दा १५ वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भयो र उनकी आमा आशा यादव र भतिजी राधा यादव गम्भीर घाइते भए।
  • घटना सोमबार राति करिब साढे ११ बजे भएको हो, घाइते दुवैको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
  • आरोपी साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल भुक्तान गरिसकेका व्यक्ति हुन् र हाल फरार छन्, प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जनकपुर –
जनकपुर उपमहानगरपालिका–४ मा गएराति भएको अन्धाधुन्ध खुकुरी प्रहारमा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भतिजी गम्भीर घाइते भएका छन्।

मृतक १५ वर्षीया अञ्जलीकुमारी यादव धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर निवासी हुन्। मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटनामा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

आरोपित धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह भएको प्रहरीले जनाएको छ। साह स्व. सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका थिए। उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय भोगिसकेका व्यक्ति रहेको खुलेको छ।

सोमबार राति करिब साढे ११ बजे भएको घटनापछि साह फरार रहेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस