२०८३ असार २२ गते, सोमबार ०९:०१

सेयर कारोबारको नाममा करोडौं चट् ! ब्रोकर श्रीवास्तव समातिए

काठमाडौँ –

सेयर कारोबार बापत भुक्तानी नदिएको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ।

प्रहरीका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नपाएको भन्दै श्रीवास्तवविरुद्ध ठगीको उजुरी दिएका थिए। उजुरीपछि श्रीवास्तव आफैं प्रहरी परिसरमा पुगेका थिए।

अनुसन्धानमा संलग्न अधिकारीहरूले यो प्रकरण अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको बताएका छन्। धितोपत्र बोर्डको अनुसन्धानअनुसार दीपेन्द्र अग्रवालले मिता, ज्योतीसहित १५ जनाको नाममा सेयर किनबेच गरी मूल्य वृद्धि गर्दै समाजिक सञ्जालमार्फत सर्वसाधारणलाई किन्न प्रोत्साहित गर्दै आएका छन्।

श्रीवास्तव सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक हुन् र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यसअघि अदालतले आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अनुसन्धानपछि थप कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस