काठमान्डौं-

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बाल सुधार गृहमा प्रहरीले हतियारसहित प्रवेश पाउने प्रावधान राख्न लागिएको बताउनुभएको छ ।
बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले बाल सुधार गृहमा प्रहरीले हतियार सहित प्रवेश पाउने प्रावधान राख्न लागिएको गराउनुभएको हो । यसअघि प्रहरीलाई सुधार गृहभित्र जाँदा हातहतियार लिएर जान पाउने व्यवस्था थिएन । जस्तोसुकै झगडा भएपनि हतियोर प्रयोग गर्न पाउँदैन थिए । अब संशोधन हुन लागेको बालबालिका सम्बन्धी अधिकार,२०७५ लाई संशोधन गर्न बनेको विधेयकमा भने भयावह अवस्था आएको खण्डमा नियन्त्रणका लागि अन्तिम अस्त्रको रुपमा हातहतियार चलाउन पाउने व्यवस्था राखिएको बताउनु भयो । उहाँले बाल सुधार गृहमा राखिएका १८ वर्ष पार गरिसकेका व्यक्तिहरुलाई अब नुवाकोटस्थित कारागारमा एउटा ब्लक लिएर सार्न लागिएको बताउनु भयो । उहाँकाअनुसार उक्त भवनमा २५० जना अटाउनेछन् ।
सचिव बस्नेतले २५० जनालाई सार्नसके सुधार गृहमा भइरहेको भीडलाई कम गर्न सकिने बताउनु भयो ।