२०८२ श्रावण २२ गते, बिहीबार १९:०९

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरुले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बतउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनु भयो । उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ । अबबाट पार्टीका नेताहरुलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि बताउनु भयो । आफ्ना सन्तनहरु कसैले पनि विदेशमा अध्ययन नगरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरु गइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

पकाहाँमैनपुरमा नहर सफाइ अभियान : पूर्व अध्यक्ष चौरसियाको पहलमा किसानलाई सिँचाइमा राहत चार वडाका हजारौं रोपनी जमीनमा पानी पुर्‍याउने मार्ग खुल्यो

पर्सा-पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकामा पूर्व अध्यक्ष विजय चौरसियाको पहलमा सुरु

पोडकास्ट सुन्नुहोस