२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

वीरगन्जमा हैजाको संक्रमण फैलियो, मातहतका निकायलाई प्रदेश सरकारको निर्देशन

वीरगन्ज- 

पर्साको वीरगन्ज लगायतको क्षेत्रमा  हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ ।

कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिएका छन् ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।

उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरलाई वीरगंज पठाइएको छ ।

शुक्रवार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजा संक्रमण देखिएकोमा शनिवारसम्म मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको छ ।

३० भन्दा बढी बिरामी र झाडापखालाले तीन जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस