२०८२ भाद्र ९ गते, सोमबार १५:२९

वीरगन्ज –

खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगन्जका विभिन्न अस्पतालमा पुगेका छन् ।

आज वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हॉस्पिटल, वीरगन्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्षरूपमा जानकारी लिएको मन्त्री यादवले जानकारी दिए ।

उनले भने, ‘आज मवीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेको छु । हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ ।’

 

यसैगरी मन्त्री यादवले आफ्नो विशेष निर्देशनमा, अहिले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको मोबाइल टोली परिचालन गरिएको र उक्त टोलीले पानीको परीक्षण कार्य तीव्र रुपमा अघि बढाइरहेको बताए ।

मन्त्री यादले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपायहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको समेत जानकारी दिए ।

मन्त्री यादवले उमालेर मात्र पानी पिउन, साबुन पानीले हातधुन, खानेकुरा राम्रोसँग पकाएर मात्र खान सबै समुदायलाई आग्रह समेत गरे  ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस