२०८३ असार १० गते, बुधबार ११:३८

वीरगन्जमा जेनजी पुस्ताद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन

वीरगन्ज-
जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्। करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै आइ कोण सभा सम्पन्न गरेका हुन्।

कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे। सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए।

आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाको अवस्था अनुसार रणनीति परिमार्जन गर्ने तयारी भए पनि आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस