२०८३ असार १० गते, बुधबार ११:४३

जेन्जी आन्दोलन नियन्त्रणबाहिर, संसद् भवन अगाडि आगजनी – प्रहरीको गोलीमा पत्रकार घाइते

काठमाडौं-

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरू भएको जेन्जी आन्दोलन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडिएपछि नियन्त्रणबाहिर पुगेको छ।

संसद् भवनको २ नम्बर गेटमा आन्दोलनकारीले आगजनी गरेका छन्। अवस्था थप उग्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको हो।

प्रहरीको गोलीबाट कान्तिपुर टेलिभिजनका क्यामरापर्सन श्यामकृष्ण श्रेष्ठ घाइते भएका छन्। उनको पाखुरामा गोली लागेको र हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ।

आन्दोलन नियन्त्रणबाहिर गएपछि सरकारले तत्काल प्रभावबाट नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस