२०८२ भाद्र २३ गते, सोमबार १७:४९

जेनजी आन्दोलनमा प्रहरीले चलाएको रबरको गोली लागेर दुई पत्रकारसहित कैयौं घाइते

काठमाडौं-
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले चलाएको रबरको गोली लागेर दुई पत्रकारसहित कैयौं घाइते भएका छन्।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई रबरको गोली लाग्दा घाइते भएका छन्। उनलाई तत्कालै अस्पताल पुर्‍याइएको छ।

त्यस्तै, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठको पाखुरामा पनि रबरको गोली लागेको छ। अन्य पत्रकारहरू र प्रदर्शनकारीमाथि समेत रबरको गोली लागेर घाइते भएको बताइएको छ।

प्रदर्शन उग्रिँदै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोली प्रहार गरेको हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस