२०८२ पुष २५ गते, शुक्रबार २१:०१

जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत अर्को प्रदर्शनकारीको मृत्यु

काठमाडौं-
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनमा घाइते भएका अर्को एक प्रदर्शनकारीको मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा उपचाररत प्रदर्शनकारीको केहीबेरअघि निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। यसअघि सिभिल अस्पतालमा उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भइसकेको थियो।

मृतकहरूको सनाखत अझै हुन बाँकी रहेको छ। यद्यपि, अहिलेसम्म कति प्रदर्शनकारीलाई गोली लागेको हो भन्ने यकिन विवरण आउन सकेको छैन।

प्रदर्शन उग्रिँदै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि गोली चलाएको थियो।

पोडकास्ट सुन्नुहोस