२०८३ असार १० गते, बुधबार ०९:५२

वीरगन्ज भन्सारमा निशा कुमारीमाथि गोली प्रहार, शर्मा नियन्त्रणमा

वीरगन्ज-
भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको थियो। प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो। निशा कुमारी गोलु सहनीकी छोरी हुन्।

घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ।

निशा कुमारी सहनी

पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ। नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।

प्रहरीले दोषीलाई छिट्टै कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो घटना नेपाल–भारत सीमा क्षेत्रमा पुनः सुरक्षा चुनौतीको संकेतका रूपमा लिइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस