२०८२ आश्विन १ गते, बुधबार १८:४३

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते हुने

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भए पनि देशको वर्तमान अवस्थाका कारण बोर्डले परीक्षा तालिका संशोधन गर्दै नयाँ मिति तोकेको हो ।

बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी (९००४१०) को परीक्षा हुनेछ । एक विषयमा मात्रै परीक्षा दिने परीक्षार्थीले यसै दिन परीक्षा दिनेछन् भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा सोही दिन हुनेछ । त्यसअनुसार अनिवार्य अङ्ग्रेजी (९००४१०) र अनिवार्य नेपाली (९००२१०) दुबै विषय पूरक परीक्षा दिने विद्यार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपाली परीक्षा दिनुपर्नेछ ।

त्यसैगरी, असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । यस दिन पनि अनिवार्य अङ्ग्रेजी (९००४१०) विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले पूरक परीक्षाका लागि आवश्यक तयारी पूरा गरेको र यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस