२०८३ श्रावण १० गते, आईतवार १५:४७

प्रहरी नायब महानिरीक्षक थपलियाद्वारा पर्सा प्रहरी कार्यालयको निरीक्षण, शाखा प्रमुखहरूलाई निर्देशन

पर्सा-
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले आज जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।

शुक्रवार दिउँसो करिब १२:३० बजे तालुक भ्रमणको क्रममा डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साको सबै शाखा, थुनुवा हिरासत कक्ष र ब्यारेक भवनको अवलोकन एवं निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा डीआईजी थपलियाले कार्यालयका शाखा प्रमुख र मातहतका प्रहरी युनिट इन्चार्जहरूसँग अन्तर्क्रिया गर्दै कार्यसञ्चालन, सेवा प्रवाह, अपराध नियन्त्रण र जनसुरक्षासम्बन्धी अवस्थाबारे ब्रिफिङ लिएका थिए।

सो अवसरमा उनले प्रहरी सदस्यहरूलाई कानूनी जिम्मेवारी, शिस्त, पेशागत दक्षता र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

उनले प्रहरी संगठनप्रति जनविश्वास बढाउन पारदर्शिता, जवाफदेहित्ता र सकारात्मक व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

डीआईजी थपलियाको भ्रमणले जिल्लामा प्रहरी कार्यप्रणालीमा थप उत्साह र जिम्मेवारीबोध पैदा गरेको जिल्ला प्रहरी कार्यालयका अधिकृतहरूले बताएका छन्।

प्रतिक्रिया

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, मृतकका आफन्तको कुटपिटबाट डा. प्रमोद

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, मृतकका आफन्तको कुटपिटबाट डा. प्रमोद

प्रदेश

पोडकास्ट सुन्नुहोस