२०८३ जेष्ठ १६ गते, शनिबार १८:२४

राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महामन्त्री डा।धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।

मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।

‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतलाई एकढिक्का बनाएर अगाडि बढाउने हाम्रो प्रयास जारी छ ।’उनले पार्टी राजासहितको प्रजातन्त्रको पक्षधर रहेको दोहो¥याउँदै वर्तमान राजनीतिक परिस्थितिमा सबै देशभक्त शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

राणाले देशको हित र स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यकता आज झनै बढेको भन्दै सबै देशवासी, पार्टी र समूहलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गरेका छन् ।

उनले भने, ‘राजसंस्था चाहिने जेनजीहरु पनि छन् । उहाँहरुलाई हामी एकढिक्का बनाएर अगाडि लाने प्रयास गर्दैछौं । हामी मुलभूत रुपले यो देशमा राजासहितको प्रजातन्त्रको पक्षधर हौं ।

हाम्रो एजेण्डामा आउने जेनजीहरु लगायत सबै देशवासी पार्टी, समूहहरुलाई सबैलाई आह्वान गर्छौं की यो परस्थितिमा सबै एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने सोच र विचार हो ।’

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस