२०८३ जेष्ठ १६ गते, शनिबार १८:२४

भैरहवाको निर्वाणा होटलमा मध्यरात गोलीकाण्ड, सुरक्षा गार्ड घाइते

भैरहवा –

रुपन्देहीको भैरहवास्थित पाँचतारे होटल निर्वाणा लक्जरी इन्टरनेसनलमा सोमबार मध्यरात गोलीकाण्ड भएको छ । घटनामा एक सुरक्षा गार्ड घाइते भएका छन् ।

प्रहरीका अनुसार, होटलको गेट अगाडि केही व्यक्तिहरूबीच सामान्य विवाद सुरु भएको थियो । सो क्रममा एउटा समूह जबर्जस्ती होटल परिसरमा प्रवेश गर्न खोज्दा ड्युटीमा रहेका सुरक्षागार्ड मीनबहादुर परियार (२७, बुटवल–१५) ले रोक्ने प्रयास गरेका थिए । त्यसपछि तीमध्ये एक जनाले परियारमाथि गोली प्रहार गरेका थिए ।

गोली तिघ्रामा लागेपछि परियारलाई तत्कालै भैरहवाको भीम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । अस्पतालले प्राथमिक उपचारपछि उनलाई डिस्चार्ज गरेको छ ।

घटनापछि गोली चलाउने व्यक्ति र उनका साथीहरू फरार छन् । रुपन्देही प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी होटल परिसर र वरपरका CCTV फुटेजको विश्लेषण सुरु गरेको जनाएको छ ।

प्रहरीका एक अधिकारीका अनुसार घटना सामान्य विवाद हो वा योजनाबद्ध आपराधिक गतिविधि हो भन्नेबारे दुवै कोणबाट अनुसन्धान भइरहेको छ ।

घटनापछि स्थानीय व्यवसायी र बासिन्दाहरूले भैरहवाको पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै रातको समयमा निगरानी बढाउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस