२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

राष्ट्रको शान्तिका लागि मतभेदहरू समाधान गरेर अघि बढ्नु राम्रो हो : विद्यादेवी भण्डारी

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।

प्रतिलिपि लिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘मैले नागरिकताको प्रतिलिपि निकालेको हो । २४ भदौमा सबै जले । यो दोस्रो पटक निकालेको प्रतिलिपि हो । तर चुनावी वातारण बनाउन सरकार लाग्नुपर्छ । पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस