२०८३ आश्विन २० गते, मंगलवार ०५:०९

निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन् ।

उनले भने, ‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । नेपालको राज्यसत्ता अन्धो थियो, राज्यसत्ता बहिरो थियो, राज्यसत्ता निरंकुश थियो, राज्यसत्ता मुर्ख बन्दै गएको थियो । जनताविरुद्धमा तानाशाही बन्दै गएको थियो । हाम्रा जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी सत्ता एवम दलालहरु र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर आगोमा खरानी बनाइदिए । म ति शहीद र तिनका परिवारलाई सम्मान गर्न चाहन्छु ।’

जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस