२०८२ पुष ३० गते, बुधबार ०१:१२

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं-

नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् ।उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् ।

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  ।‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ ।

त्यो भनेको पद र पावर हो ।  हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने  ।

उनले  पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेतापनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।

 

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

पोडकास्ट सुन्नुहोस