२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१९

नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो

काठमाडौं-

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।

सोमबारको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो ।यसदिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ ।

यस दिन साइन रेसुङ्गा डिबेन्चर बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार आज पहिलो कारोबार दिन प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ ।

यसदिन नेपाल एसबिआइ बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो । त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस