काठमाडौं-
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ । गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो ।
यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
Post Views: 18















