२०८३ बैशाख २ गते, बुधबार ०२:०८

वीरगन्जमा नक्कली प्रहरी बनेर व्यापारी लुट्ने प्रयास, दुई जना पक्राउ

पर्सा –

पर्सा प्रहरीले प्रहरीको परिचय दाबी गर्दै व्यापारीको सामान लुट्ने प्रयासमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार राति वीरगन्ज–छपकैया वडा नम्बर २ स्थित ईदगाह चौकमा एक व्यापारीसँग आफूहरू सादा पोसाकमा खटिने  प्रहरी भएको बताउँदै साइकलमा बोकेको साबुनलगायतका सामग्री लुट्ने प्रयास गर्ने क्रममा बिर्ता प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा वीरगन्ज, छपकैया निवासी ३५ वर्षीय गणेश महतो र बारा, गढीमाई नगरपालिका–१० निवासी ३९ वर्षीय जितेन्द्र महतो रहेका छन्।वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार राति करिब १० बजे व्यापारीलाई आफूहरू जिल्ला प्रहरी कार्यालयमा सादा पोसाकमा खटिने प्रहरी भएको भन्दै व्यापारीसँग रहेको सामान लुट्ने प्रयास गर्दै गर्दा गस्तीमा रहेका प्रहरीले पक्राउ गरेको र शुक्रबार बिहान पीडित व्यापारीले दिएको किटानी जाहेरी पछि दुवै जनाको म्याद थप गरिएको र  कानुनअनुसार मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस