काठमाडौं-
नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।
Post Views: 16














