२०८३ बैशाख १ गते, मंगलवार २३:३५

सिमरामा जेन–जी समूह र प्रशासनबीच वार्ता सुरु, तनावपूर्ण स्थिति सामान्य पार्ने प्रयास (भिडियो सहित)

बारा-

बारा जिल्लाको सिमरा क्षेत्रमा  बुधबारदेखि चर्किएको विवाद र तनावपूर्ण स्थितिलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन्।

जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ।

यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, “जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग पुग्ने विश्वास छ।”

प्रदर्शनको नेतृत्व गरिरहेका केही जेन–जी अगुवाहरू छलफलका लागि आउने जानकारी आफूले पाएको प्रजिअ मिश्रले जनाएका छन्।

सिमरामा विवाद बुधबार एमाले नेता–कार्यकर्ताले जेन–जी युवालाई कुटपिट गरेपछि बढेको थियो। जेन–जी युवाहरूले कर्फ्यू आदेशको अवज्ञा गर्दै वीरगन्ज –पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए।

जेन–जीहरूको उजुरीका आधारमा प्रशासनले जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई वडाध्यक्ष र अर्का एक स्थानीय युवा नेतासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस