२०८२ पुष २७ गते, आईतवार २३:२९

वीरेन्द्रनगरमा महेश बस्नेतविरुद्ध नाराबाजी, सुरक्षाकर्मी परिचालन

काठमाडौँ-

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। मंगलबार दिउँसो वीरेन्द्रनगर बजार क्षेत्रमा युवाहरूको एक समूहले बस्नेतविरुद्ध नाराबाजी गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो।

बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए। उनी सहभागी रहने कार्यक्रम युवा संघ नेपालको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा तय भएको आयोजकले जनाएको छ।

बस्नेत सुर्खेत प्रवेश गरेसँगै वीरेन्द्रनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीका अनुसार सम्भावित झडप वा अवाञ्छित गतिविधि रोकथामका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रदर्शन शान्तिपूर्ण भए पनि सुरक्षाकर्मीले भीड नियमन तथा कार्यक्रम स्थल सुरक्षामा कडा निगरानी राखिरहेको छ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस